संसदबाट सर्वाेच्च अदालतलाई ओलीको चुनौती : फैसला संविधानविपरीत छ, बिलकुलै गलत छ
nayapatrikadaily.com · Wed Aug 11 00:45:00 GMT 2021
पुनर्स्थापित संसदमा पहिलोपटक सम्बोधन गर्न पुगेका प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसद् पुनर्स्थापना गराउने सर्वाेच्च अदालतको फैसलालाई चुनौती दिएका छन् । २८ असारको फैसलापछि सरकारबाट प्रतिपक्षको सिटमा पुगेका ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्वाेच्चमाथि कटाक्ष गरे ।
दुवैपटक प्रतिनिधिसभा विघटनलाई अदालतले असंवैधानिक ठहर गर्दासमेत ओलीले त्यसलाई स्विकारेनन् । बरु, उनले सर्वोच्चको फैसला गलत रहेको ठहर सुनाए । ओलीले ५ पुस र ८ जेठमा गरेको संसद् विघटनलाई संविधानसम्मत ठहर्याउने प्रयत्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)