अक्टोबर १० मा दिल्लीमा आन्दोलन गर्ने सीजेपीको घोषणा
ratopati.com · Wed Oct 07 08:37:20 GMT 2026

नयाँ दिल्ली । भारतको युवा राजनीतिक समूह कक्रोज जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर १० मा राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीले मतदाता नामावली संशोधन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगको काम कारबाहीमाथि प्रश्न उठाएको छ ।
सीजेपीका राष्ट्रिय संयोजक अभिजित दिप्केले देशभरका समर्थकलाई दिल्लीमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । उनले निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्नुपर्ने भन्दै मुख्य निर्वाचन आयुक्तको राजीनामा आफ्नो प्रमुख माग भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)