ढुंगा, गिट्टी, बालुवा उत्खनन : सरोकारवालालाई पत्तै नदिई बजेटमा
ekantipur.com · Thu Jun 10 01:01:08 GMT 2021
काठमाडौँ — चुरेलगायत भूभागबाट ढुंगा, गिट्टी, बालुवाजस्ता खानीजन्य पदार्थ उत्खनन र निकासी गर्ने निर्णयमा प्राकृतिक प्रकोप व्यवस्थापनलाई नै बेवास्ता गरिएको पाइएको छ । ढुंगा, गिट्टी, बालुवालगायत खानीजन्य वस्तु उत्खनन बाढीपहिरो, डुबान, भूक्षय, खण्डहरलगायत प्राकृतिक प्रकोप व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको विषय हो ।
विपद् व्यवस्थापन गर्न गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलगायत सरोकारवाला निकाय पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएका निकाय हुन् । तर त्यसलाई पूर्ण रूपमा बेवास्ता गरेर आर्थिक वर्ष २०७८/७९ को बजेटमै उत्खनन र निकासीको विवादित विषय समेटिएको छ । बजेटमा खानीजन्य वस्तुको उत्खनन र निकासीको निर्णय गर्नुअघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको जिम्मा लिएका मन्त्रालय र अन्य सरकारी निकायसँग एकपटक पनि छलफल एवं समन्वय नगरी ढुंगा, गिट्टी, बालुवाजस्ता कच्चा पदार्थ उत्खनन र भारतमा निकासी गर्नेसम्मका निर्णय बजेटमा परेको पाइएको छ । यो निर्णय राष्ट्र हितविपरीत भएको भन्दै विरोध भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)