मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरीमा रोकिए स्पेन र जर्मनी

pahilopost.com · Sun Nov 27 21:35:15 GMT 2022

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह 'ई' को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम समयमा गोल फर्काउँदा जर्मनी हारबाट जोगिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएको थियो। तर, सब्सिच्युड खेलाडीका रुपमा थोमस मुलरको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका फुलक्रुगले ८३ औं मिनेटमा जमल मुसिआलाको पासमा गोल फर्काउँदा अधिकांस समय खेलमा पकड बनाएको स्पेन जर्मनीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)