सडक अवरोध र भन्सार प्रक्रिया सुस्त हुँदा कोरलानाकामा रोकिए पाँच सय बढी कन्टेनर
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026

मुस्ताङ। असोज ८ देखि ११ गतेसम्मको भारी वर्षा, बाढीपहिरो र हिमपातका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा मुस्ताङको लेतेदेखि कोरलानाकासम्म करिब ५०० को सङ्ख्यामा मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधन एक सातादेखि सडकमै रोकिएका छन्।
म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरी लगायतका स्थानमा कटान भएको सडक मर्मत भइरहेको र यातायात पूर्ण रूपमा सञ्चालन हुन अझै एक साता लाग्ने कालिगण्डकी करिडोर सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन्। सडक अवरुद्ध हुँदा जोमसोमस्थित बसपार्कमा मात्रै ७० भन्दा बढी कन्टेनर र १०० भन्दा बढी विद्युतीय सवारीसाधन थन्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)