इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग
nepalviews.com · Wed Oct 07 09:41:03 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तथा संस्थागत तयारी अघि बढाउने भएको छ । आयोगका अनुसार आयोगले आयोजना गरेको प्रविधि तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालमा इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा अघि बढ्ने बताएका छन् ।
उनले त्यसका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास र साइबर सुरक्षा सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि प्रविधिगत तयारीसँगै संस्थागत क्षमता विकास, साइबर सुरक्षा र सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)