महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
kendrabindu.com · Mon Jun 08 08:59:52 GMT 2026

महेन्द्रनगर । महेन्द्र राजमार्गको स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ ।
कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो । सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)