परीक्षामा जफत गरेको मोबाइल नष्ट गरेको विरोधमा कार्यालय घेराउ गर्दै प्रदर्शन
annapurnapost.com · Mon Jun 08 08:55:38 GMT 2026

सिरहा : एसइई, कक्षा ११ र १२ को परीक्षाहरूमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरू सिरहामा नष्ट गरिएको प्रति विरोध जनाउँदै संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् ।
अहिले उनीहरूले जिल्ला प्रशासन कार्यालय सिरहा घेराउ गर्दै प्रदर्शन गरिरहेका छन्। नष्ट गर्नुको साटो विद्यार्थीलाई फिर्ता वा जरिवाना गर्नुपर्ने तथा त्यसो नभएको लिलामी गर्नुपर्ने उनीहरूको माग छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)