‘राष्ट्रिय एआई ह्याकाथन’ सम्पन्न, उत्कृष्ट टोलीले आगामी हप्ता शार्क ट्याङ्क शैलीमा लगानी खोज्ने
techpana.com · Mon Jun 08 08:51:05 GMT 2026

काठमाडाैँ । ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आइतबार (२४ जेठ) मा सम्पन्न भएको छ । कोडदृष्टि सफ्टवेयर प्रालिले ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा ३२ घण्टे ह्याकाथन प्रतिस्पर्धा सम्पन्न गरेको हो । अब ह्याकाथनका विजयी टोलीहरूले आगामी हप्ता विशेष पोस्ट-इभेन्ट सत्र ‘दृष्टि लगानी’ मा सहभागी भएर आफ्नो परियोजनाका लागि लगानी जुटाउन सक्ने आयोजकले जानकारी गराएको छ ।
ह्याकाथनमा देशभरका २५० भन्दा बढी डेभलपर, विद्यार्थी, अनुसन्धानकर्ता र प्रविधि उद्यमी सहभागी भएका थिए । जसमा किस्ट कलेजको ‘टिम ४०४: फाउन्ड’ विजेता बनेको थियो भने ख्वप इन्जिनियरिङ कलेजको ‘टिम जेनोभा’ उपविजेता र एनसीआईटीको ‘बगमारा’ द्वितीय उपविजेता बनेका थिए । कान्तिपुर सिटी कलेज (डीओआईटी) को ‘केसीसी न्यूरल पल्स’ टोलीले उत्कृष्ट नवप्रवर्तनात्मक सोचको उपाधि जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)