चुनाव हार्नेले पाँच वर्ष उम्मेदवार बन्न नपाउने !
ekantipur.com · Tue Aug 29 01:06:06 GMT 2023
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको चाहना जसरी पनि संसद्मा पुग्ने थियो । तर, गत आम निर्वाचनमा सप्तरी–२ बाट सीके राउतसँग पराजित भए । त्यसलाई पूरा गर्न उनले सत्ताको सौदाबाजी गरे, आफ्ना सांसद रामसहाय यादव उपराष्ट्रपति बने । सांसद पद खारेज भएको रामसहायको निर्वाचन क्षेत्र बारा–२ मा भएको उपनिर्वाचनमा उपेन्द्रले पुनः उम्मेदवारी दिए र विजयी हुँदै संसद् प्रवेश गरे ।
मौजुदा निर्वाचन कानुनले पराजित भएपछि पनि उपनिर्वाचनमा उम्मेदवारी दिन पाउने व्यवस्था गरेकाले उपेन्द्रको संसद्सम्मको यात्रा सम्भव भएको थियो । निर्वाचन कानुनको संशोधित विधेयक पारित भए अबका दिनमा यस्तो विकल्पको ढोका बन्द हुनेछ । निर्वाचन आयोगले एक पटक चुनाव हारेको व्यक्तिले पाँच वर्षसम्म अर्को चुनाव लड्न नपाउने गरी कानुनमा संशोधन गरेको छ । ‘एक पटक चुनाव हारेको व्यक्ति फेरि उही पदका लागि उपचुनाव लड्नु भनेको जनादेशलाई अटेर गर्नु हो,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘जसरी पनि संसद्मा पुग्नैपर्ने रोगले राजनीति विकृत भएको छ, त्यसको उपचारार्थ कानुनमै पाँच वर्षमा एक पटक मात्रै चुनाव लड्ने व्यवस्था ल्याउनुपरेको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)