कर्णाली प्रदेशसभा : विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु
nagariknews.nagariknetwork.com · Fri Jun 26 01:40:26 GMT 2026

कर्णाली प्रदेश सभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बिहीबार बसेको १४औँ बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरूमाथि छलफल सुरु भएको जानकारी दिइन्। कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले वडा तथा पालिका योजना प्राथमिकतामा नपरेको धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)