खेलकुद विकास समिति अध्यक्षमा थेबे नियुक्त
gorkhapatraonline.com · Fri Jun 26 01:45:16 GMT 2026
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ । कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई समिति अध्यक्षमा नियक्त गरेको हो ।
प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई चारवर्षे कार्यकालका लागि जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा नियुक्त गरेको हो । विकास बोर्डले बिहीबार ताप्लेजुङसहित कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)