विद्युत जामवालले १५ मिनेट सास रोकेको दाबी, भिडिओ भाइरल
nepalpress.com · Wed Oct 07 10:31:10 GMT 2026

मुम्बई । बलिउडका एक्सन स्टार विद्युत जामवालले हालै मुम्बईमा आयोजित ‘स्ट्रिट फाइटर’ फिल्मको विशेष इभेन्टमा अद्भुत योग अभ्यास प्रदर्शन गरेका छन् । उनले लगभग १५ मिनेटसम्म ‘सास रोकेर’ ध्यान मुद्रामा बसेर सबैलाई चकित पारे ।
विद्युत् जामवाल हलिउड फिल्म ‘स्ट्रिट फाइटर’ मा योग गुरु धलसिमको भूमिकामा डेब्यू गर्न लागेका छन् । इभेन्टमा धलसिम जस्ता पोसाक लगाएका कस्प्लेयरहरूसँगै उनी स्टेजमा स्थिर बसे । सुरुमा उपस्थितहरूले उनलाई ध्यान गर्न बसेको ठानेका थिए । समय बित्दै जाँदा उनको शरीरमा हल्का कम्पन देखियो र आँखाबाट आँसु बग्न थाल्यो । यसपछि मात्र थाहा भयो कि उनले लामो समयसम्म सास रोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)