ओली–उपेन्द्रको तालमेलमा प्रभु साहको धक्का
onlinekhabar.com · Sun Oct 09 17:33:29 GMT 2022
२३ असोज काठमाडौं । शनिबारसम्म नेकपा एमालेबाट आफू पक्षीय नेताहरुलाई टिकट दिलाउन संघर्षरत पोलिटब्यूरो सदस्य प्रभु साहले आइतबार रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए । साथमा रौतहटको ६ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरे । अर्थात, साहले एमालेभित्र मधेश प्रदेशमा विद्रोह गरे ।
साहले आफू लगायतको स्वतन्त्र उम्मेदवारी मनोनयनलाई एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग गरेको गठबन्धनलाई कारण देखाएका छन् । एमालेले दिएको टिकटलाई अस्वीकार गरे पनि उनले एमालेमै रहने बाटो भने बन्द गरेनन् । त्यसका लागि उनले स्वतन्त्र उम्मेदवारहरू त्यस्ता क्षेत्रमा मात्रै खडा गरेका छन्, जहाँ एमालेसँगको तालमेलमा जसपाले टिकट पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)