मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लम्पी स्किनविरुद्धको खोप बनाउन गृहकार्य

annapurnapost.com · Sat Aug 26 00:55:18 GMT 2023

काठमाडौं : पशुमा देखा परेको लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न सरकारले गृहकार्य थालेको छ। उत्पादित खोप किसानहरूलाई निःशुल्क रूपमा उपलब्ध गराउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना छ।

मन्त्रालयका अनुसार किसानहरूलाई निःशुल्क उपलब्ध गराउने प्रयोजनका लागि लम्पी स्किन भाइरसको सिड प्राप्त गर्न मित्रराष्ट्रहरूमा पहल भइरहेको छ। मन्त्रालयका सहप्रवक्ता वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहरा प्रकोपको रूपमा देखा परेको लम्पी स्किन रोगको नियन्त्रणका लागि सबै प्रदेश र स्थानीय तहहरूमा बजेट विनियोजन गरिसकेको बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)