बीवाईडी प्रकरणमा स्पष्ट घोटाला भएको एमालेको दाबी, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग
techpana.com · Mon Jun 08 09:01:28 GMT 2026

काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन (ईभी) को भन्सार जाँचपास र करका दर हेरफेरको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । नेकपा (एमाले) ले यसलाई ठुलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्रीमाथि ‘राजद्रोह’ को मुद्दा चलाउन माग गरेको छ ।
एमाले सांसद पद्मा अर्यालले बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् । बीवाईडी ईभीको आयातमा सेटिङ मिलाएर राज्यलाई अर्बौँको ठगी गरिएको उनले दाबी गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)