मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अय्यरको शतकमा भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित

ratopati.com

श्रेयस अय्यरको शतकको मद्दतमा भारतले राँचीमा भएको एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले भारतलाई २७९ रनको लक्ष्य दिएको थियो । भारतीय टोलीले २५ बल बाँकी रहँदै यो लक्ष्य हासिल गर्‍यो।

भारतका लागि श्रेयस अय्यरले १ सय १३ रन बनाए । १११ बलको आफ्नो पारीमा उनले १५ चौका प्रहार गरे । इशान किशनले पनि बलियो पारी खेले । उनी ८४ बलमा ९३ रन बनाएर आउट भए । उनले चार चौका र सात छक्का प्रहार गरे । अय्यर र किशनले तेस्रो विकेटका लागि १६१ रनको साझेदारी गरे। कप्तान शिखर धवनले १३ र शुभमन गिलले २८ रन बनाए । सञ्जु सामसन २९ रनमा अविजित रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)