कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
gorkhapatraonline.com · Wed Oct 07 11:05:49 GMT 2026

हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणा सम्बन्धी खोजका लागि सन् २०२६ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो ।
यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम एक जना, केही विजेताको समूह वा कुनै संस्थालाई प्रदान गरिने छ । गत वर्ष नयाँ आणविक संरचनाको विकासका लागि तीन वैज्ञानिकलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास सोस्ने तथा मरुभूमि जस्ता सुक्खा क्षेत्रबाट आद्र्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)