नरेन्द्र मोदी स्टेडियमलाई बमले उडाइदिने धम्की
ratopati.com · Wed Oct 07 11:10:52 GMT 2026

अहमदाबाद । भारतको गुजरातस्थित अहमदाबादमा चर्चित पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझको कन्सर्टअघि नरेन्द्र मोदी स्टेडियमसहित पाँचभन्दा बढी विद्यालयमा बम विस्फोट गराउने धम्की आएको छ ।
भारतीय सञ्चारमाध्यम ईटीभीका अनुसार बुधबार बिहान ११ः११ बजे धम्कीपूर्ण इमेलहरू प्राप्त भएका थिए । इमेलमा ‘बोलेगा खालिस्तान’ र ‘खालिस्तान जिन्दाबाद’ जस्ता नारा प्रयोग गरिएको थियो । इमेल पठाउने व्यक्तिले आफूलाई खालिस्तान समर्थक नामबाट परिचित गराएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)