मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

gorkhapatraonline.com · Wed Oct 07 11:10:22 GMT 2026

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानूनअनुसार नौवहन अधिकार र स्वतन्त्रता पूर्णरूपमा पुनःस्थापित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

पाकिस्तान भ्रमणका क्रममा मङ्गलबार प्रेस टिप्पणी गर्दै उहाँले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्णरूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताउनुभयो । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)