आङ्देम्बेको प्रस्ताव : मुलुक बनाउने कांग्रेस बनाऔं
ratopati.com · Wed Oct 07 11:22:37 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको अनुहार मात्र बदलेर जनताको चाहाना र मुलुकको आवश्यकता पुरा नहुने बताएका छन् । जारी महाधिवेशनको चौथो दिनको बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै नेता आङ्देम्बेले नेपाली कांग्रेसले अनुहार मात्रै परिवर्तन गर्दैछ कि युगलाई दिशा निर्देश गर्दैछ भनेर इतिहासले हेरिरहेको बताए ।
‘अनुहार परिवर्तन होइन युगलाई दिशा निर्देश गर्न हामी आइरहेका छौँ’, उनले भने– ‘यो बन्द सत्र मार्फत प्रश्न राख्न चाहन्छु– नेपाली कांग्रेस सरकार बनाउने पार्टी मात्र हो वा मुलुक बनाउने पार्टी हो यो दुई कोणबाट बहस सुरु गरौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)