कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोंचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
nepalnews.com · Wed Oct 07 11:25:58 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औं महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक भएको बताएका छन्। महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले यस पटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए।
‘मैले देखेको विगतका बन्द सत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)