कांग्रेसको महाधिवेशनले ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङदेम्बे
lokaantar.com

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन् ।
महाधिवेशन अन्तर्गतको बन्दसत्र समापन कार्यक्रममा बोल्दै आङदेम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए । ‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)