मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ :  भीष्मराज आङ्देम्बे

ratopati.com · Wed Oct 07 11:38:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन् । महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले यस पटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए।

‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)