बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल
khabarhub.com · Wed Oct 07 11:50:00 GMT 2026

मुस्ताङ – राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन् । यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनार्थ इन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो ।
यसअघि बेनी–जोमसोम सडक पुनर्निर्माणका लागि आयोजनाबाट पर्याप्त मात्रामा इकुमेन्ट र जनशक्ति परिचालन गरिएको भए पनि सडक अवरुद्धले ईन्धनको व्यवस्थापन गर्न नसक्दा सडक मर्मतको काम प्रभावित भएको थियो । नेपाली सेनाको सहयोगमा म्याग्दीको कुनौटे सडकमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)