अन्तिम पटक निलो–सेतो जर्सीमा मेस्सी : गोलसँगै अन्तर्राष्ट्रिय यात्राको अन्त्य
news24nepal.tv · Wed Oct 07 11:47:00 GMT 2026
काठमाडौँ । लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य जित, गोल र भावनात्मक विदाइसँगै गरेका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा बुधबार बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दा कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरे।
करिब ८५ हजार दर्शकको उपस्थितिमा भएको खेल मेस्सीका लागि सामान्य मैत्रीपूर्ण खेलभन्दा निकै ठूलो अवसर थियो। राष्ट्रिय टोलीको जर्सीमा उनको अन्तिम खेल भएकाले रंगशाला सुरुदेखि नै मेस्सीमय बनेको थियो। खेलको १०औँ मिनेटमा उनको जर्सी नम्बर १० को सम्मानमा खेल रोकिँदा दर्शकले उभिएर ताली बजाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)