रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत
ratopati.com · Wed Oct 07 11:50:24 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ।
नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्ताबेजमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका २ लाख २३ हजार ५१० घटना रिपोर्ट भएकोमा ९६ प्रतिशत घटना कुकुरको टोकाइबाट हुने र रेबिजका ९९ प्रतिशत कारण कुकुरको टोकाइ रहेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)