भारतमा प्रमुख निर्वाचन आयुक्तविरुद्ध जन्तर मन्तरतर्फ अघि बढेका विपक्षी ‘इन्डिया’ गठबन्धनका सांसदहरूलाई प्रहरीले रोक्यो
clickmandu.com · Wed Oct 07 11:52:05 GMT 2026

एजेन्सी । भारतको सेन्ट्रल दिल्लीको एक रेस्टुरेन्टमा रणनीतिक दिवाभोजपछि विपक्षी ‘इन्डिया’ गठबन्धनका सांसदहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आफ्नो विरोध प्रदर्शन जारी राख्न बुधबार जन्तर मन्तरतर्फ अघि बढेको बेलामा प्रहरीले सडकमा खडा गरेको ब्यारिकेडले उनीहरूलाई रोकेको छ ।
राजधानीमा राहुल गान्धीको धर्ना र त्यसपछिको पक्राउसहितको नाटकीय घटनाक्रमको एक दिनपछि ‘भोट चोरी’ को मुद्दालाई थप चर्काउने र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग अघि बढाउने प्रयासस्वरूप आगामी कदम तय गर्न कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निमन्त्रणामा विपक्षी ‘इन्डिया’ गठबन्धन दिल्लीको जनपथस्थित सागर रत्न रेस्टुरेन्टमा भेला भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)