उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
nepalnews.com · Wed Oct 07 11:57:04 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्द सत्रले उक्त प्रस्ताव पारित गरेको हो। प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्द सत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)