असोज २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी बन्द हुने
ratopati.com · Wed Oct 07 11:58:19 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा यही असोज २३ गते ओपीडी सेवा बन्द रहने भएको छ। प्रतिष्ठानको तर्फबाट रजिस्ट्रार प्रा.श्याम लम्सालद्वारा जारी सूचना अनुसार वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका कारण उक्त दिन ओपीडी सेवा बन्द रहनेछ। सो दिन इनपेसियन्ट विभाग, आकस्मिक सेवा र क्रिटिकल केयर युनिट भने सञ्चालनमा रहनेछन्।
प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम असोज २३ गते बिहान १० बजे होटल माला–इनको हलमा आयोजना हुने भएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)