लेतेदेखि कोरलासम्म रोकिए पाँच सय बढी कन्टेनर
himalpress.com · Wed Oct 07 08:02:37 GMT 2026

मुस्ताङ- लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सय कन्टेनर रोकिएका छन्। यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढीपहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ।
उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन्। उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)