विद्युतीय सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु
ratopati.com · Wed Oct 07 12:25:04 GMT 2026

पर्सा । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारी साधन (भ्यान) ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको उक्त सवारी साधनले पैदलयात्रु गुप्तालाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)