भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी
kendrabindu.com · Wed Oct 07 12:24:44 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलको मात्र उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ को उपनियम ९१० बमोजिम सभापति पदका लागि आज अपराह्न ४ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पौडेलको मात्र उम्मेदवारी परेको छ । राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलद्वारा जारी सूचनामा अन्तिम नामावलीअनुसार पौडेलले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी तथा समर्थकमा सांसद सम्झना देवकोटा र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)