रवि लामिछानेले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई
nepalnews.com · Wed Oct 07 12:26:43 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई दिएका छन्।
लामिछानेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मोदीलाई शुभकामना दिँदै भारतले हासिल गरेको प्रगति र रूपान्तरणबाट आफू प्रेरित भएको बताएका छन्। उनले मोदीको ‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)