सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा कर्मचारीको दुई दिनको तलब २३ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
swasthyakhabar.com · Wed Oct 07 12:30:05 GMT 2026

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरूले आफ्नो दुई दिनको तलबबाट संकलन भएको २३ लाख रुपैयाँ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन्। मन्त्री निशा मेहतालाई निर्देशक आशिष गोविन्द अमात्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)