अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीको सुखद् अन्त्य, बेनिनविरूद्ध गोल गरेपछि भने: कृतज्ञ, गर्विलो र शान्त
nagariknews.nagariknetwork.com · Wed Oct 07 12:36:11 GMT 2026
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करियरको अन्तिम खेल गोलसहित टुंग्याएका छन्। ब्युनस आयर्समा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३–० को सहज जित निकाल्दा मेस्सीले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे।
३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका मेस्सीका लागि यो खेल भावुक क्षण बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)