रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते
shilapatra.com · Mon Jun 08 09:18:10 GMT 2026

रोल्पामा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । रोल्पा नगरपालिका–६ कोटगाउँस्थित दार्बोट–माडीचौर सडकखण्डमा दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटो सोमबार दिउसो आफैँ अनियन्त्रित भई सडकको बाँयातर्फ रहेको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा अटो चालक रोल्पा नगरपालिका–६ का ३९ वर्षीय कविराम घर्ती मगर, सोही ठाउँका २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ३७ वर्षीया आशा पुन मगर र ५ वर्षीय एनोज विक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)