मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वाेच्च अदालतको बेमेल छताछुल्ल, प्रधानन्यायाधीशले पन्छाए वरिष्ठतम न्यायाधीश

barnanmedia.com · Wed Aug 27 21:54:15 GMT 2025

सर्वाेच्च अदालतको बेमेल छताछुल्ल भएको छ। सामान्यतयाः प्रधानन्यायाधीशले वरिष्ठतम न्यायाधीश समेटेर संवैधानिक इजलास गठन गर्ने गर्छन्, संवैधानिक व्याख्याका मुद्दा त्यही इजलासले छिनोफानो हुन्छ। संवैधानिक इजलासको फैसला कतिसम्म दुरगामी हुन्छ भने पुनरावलोकनको ठाउँ हुँदैन।

तर, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वाेच्चमा नयाँ अभ्यासको थाली गरेका छन्। उनले चारजना वरिष्ठम् न्यायाधीशलाई पन्छाएर बुधबार इजलास गठन गरे । इजलासमा प्रधानन्यायाधीश राउतको नेतृत्वमा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा राखिए। तर, मल्लपछिका न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र कुमार चुडाललाई छाडेर इजलास गठन गरियो। जसको चर्चा सर्वाेच्च अदालत र अन्य न्यायालयमा मात्र होइन कानुनको चासो राख्ने हरेकले गर्न थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)