लखनउमाथि गुजरातको रोमाञ्चक जित
deshsanchar.com · Sat Apr 22 16:27:43 GMT 2023
इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्समाथि ७ रनको रोमाञ्चक जित निकालेको छ। शनिबार भएको खेलमा जितसँगै गुजरात अङ्क तालिकाको चौंथो स्थानमा उक्लिएको छ। पहिले ब्याटिङ गर्दै गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनउ १२८ रनमा समेटिन पुगेको थियो।
अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा लखनउले लगातार ४ विकेट गुमाउन पुगेपछि गुजरातले नाटकीय जित आत्मासाथ गर्न सफल भयो। आइपिएलमा लखनउलाई गुजरातले तेस्रो पटक पराजित गरेको हो। अन्तिम ओभर बलिङ गरेका मोहित शर्मा खेलको हिरो बने। उनले पहिलो बलमा केएल राहुललाई २ रन दिएका थिए। दोस्रो बलमा राहुल आउट भए। त्यस्तै तेस्रो बलमा मार्कुस स्टोइनिस डेभिड मिलर द्वारा समातिए। चौंथो बलमा आयुष बडोनी दुई रन लिने चक्करमा रनआउट हुँदा पाँचै बलमा हुड्डा पनि रनआउट भए। अन्तिम बल डट भएपछि गुजरात रोमाञ्चक जित निकाल्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)