भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
ratopati.com · Wed Oct 07 12:57:42 GMT 2026

काठमाडौँ। सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश , वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)