चर्चा बटुल्दै ‘पाँच पाण्डव’ को इभाको द्रौपदी लुक्स
kalakarmi.com · Wed Oct 07 12:55:59 GMT 2026

काठमाडौं– मल्टि स्टारर फिल्म ‘पाँच पाण्डव’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमार्फत पाँच पाण्डवका पात्रलाई चिनाएको निर्माण टिमले दोस्रो पोस्टरमा अभिनेत्री इभा गिरीलाई द्रौपदीको अवतारमा प्रस्तुत गरेको हो ।
पोस्टरमा इभा रातो सारी, सोल्जर कट ब्लाउज र हल्का गहनामा देखिएकी छिन् । महाभारतकी द्रौपदीको झल्को दिने उनको लुक्सले पोस्टरलाई आकर्षक बनाएको छ । पोस्टरको पृष्ठभूमिमा फिल्मका पाँच पाण्डवलाई समेत समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)