नेपाल एसबिआई बैंकद्धारा वृद्वआश्रममा सहयोग प्रदान साथै इटहरी तथा इलाम शाखा स्थानान्तरण
annapurnapost.com · Wed Oct 07 13:04:31 GMT 2026

काठमाडौं : नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोईराला, कोशी प्रदेश प्रमुख, दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)