अझै कायम छ ‘कटुवाल प्रथा’
barnanmedia.com · Wed Aug 27 22:19:00 GMT 2025

प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै कायमै छ ।
जिल्लामा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन । प्रायःजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट छ । तथापि, यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । जिल्ला सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँका स्थानीयले आफ्नै गाउँको खबर प्राप्त गर्न भने कटुवालको भर पर्नुपर्छ । बेँसीसहर वडा नं १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)