३२ जिल्लामा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थ आपूर्ति हुने
ratopati.com · Wed Oct 07 13:35:12 GMT 2026

काठमाडौँ। देशका विभिन्न ३२ जिल्लामा नेपाली सेनाका विभिन्न निकाय, युनिट तथा सब–युनिटहरूमा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि बुधबार सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाली सेनाका सम्बन्धित निकाय तथा युनिटहरूमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गरिनेछ। यसैगरी दैनिक ३६५ किलोग्राम दही, ३७ किलोग्राम पनिर, २१ किलोग्राम होल मिल्क पाउडर तथा १५ किलोग्राम चिज नियमित रूपमा आपूर्ति गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)