अनुमति बालुवा वासिङ, काम ढुंगागिट्टी प्रशोधन
ekantipur.com · Tue Sep 24 17:06:13 UTC 2024
धनुषा — गौशाला नगरपालिका–१२ महोत्तरीको बाँके नदी किनारमा पञ्चबुद्ध बालुवा वासिङ उद्योगले अवैध रूपमा ढुंगागिट्टी प्रशोधन गर्ने क्रसर सञ्चालनमा ल्याएको छ । बालुवा वासिङको अनुमति लिएर उसले अवैध रूपमा ढुंगागिट्टी प्रशोधनको काम थालेको हो ।
राजनीतिक पहुँचका आडमा बेचन शर्माले सागरनाथ वन विकास परियोजना सीमा क्षेत्रमै पञ्चबुद्ध बालुवा वासिङ उद्योग सञ्चालन गरी पछिल्लो समय ढुंगागिट्टी प्रशोधन थालेका हुन् । पञ्चबुद्ध क्रसर उद्योग श्यामकुमार स्थासर्वाको नाममा भए पनि अहिले शर्माले नै सञ्चालन गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)