सडकमै सुतिन् प्रियंका गान्धी
ratopati.com · Wed Oct 07 13:51:28 GMT 2026

नयाँ दिल्ली । भारतीय निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीले बुधबार लगातार दोस्रो दिन पनि सडक प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नयाँ दिल्लीस्थित जन्तर मन्तरतर्फ अघि बढ्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि दुवै नेता सडकमै धर्नामा बसेका थिए ।
जन्तर मन्तरभन्दा करिब २०० मिटर अगाडि नै सुरक्षाकर्मीले अवरोध गरेपछि प्रियंका गान्धी हातमा संविधानको प्रतिलिपि लिएर सडकमै सुतेकी थिइन् । सो क्रममा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबिच केहीबेर धकेलाधकेल र तनावको स्थिति सिर्जना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)