मुस्ताङका तीन स्थानीय तहद्वारा ६ ब्यारेल इन्धन सहयोग
ratopati.com · Wed Oct 07 14:11:51 GMT 2026

मुस्ताङ। राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन्। यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनार्थ ईन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो।
यसअघि बेनी–जोमसोम सडक पुनर्निर्माणका लागि आयोजनाबाट पर्याप्त मात्रामा इकुमेन्ट र जनशक्ति परिचालन गरिएको भए पनि सडक अवरुद्धले ईन्धनको व्यवस्थापन गर्न नसक्दा सडक मर्मतको काम प्रभावित भएको थियो। नेपाली सेनाको सहयोगमा म्याग्दीको कुनौटे सडकमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)