कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताएका हुन् । “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने ।