नेपालप्रेमी थिए राजकुमार फिलिप
annapurnapost.com · Sat Apr 10 06:21:00 GMT 2021
लन्डन : बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले बडो दुःखका साथ पति ‘ड्युक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी बकिङहम राजदरबारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष सद्भाव थियो’, डा. धितालले अन्नपूर्ण पोस्ट्सँग भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)