मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्याथोलिक विद्यालयमा गोलीकाण्ड अपडेट : २ बालबालिकाको मृत्यु, १७ जना घाइते

barnanmedia.com · Wed Aug 27 23:18:45 GMT 2025

मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको बताइएको छ ।

स्थानीय प्रहरी प्रमुख ब्रायन ओ’हाराले घटनालाई ‘बच्चा र भक्तहरू विरुद्ध सचेतरुपमा गरिएको हिंसाको घटना’ भनेका छन्। बन्दुकधारीसँग राइफल, सटगन र पिस्तोल रहेको थियो । उनले चर्चको झ्यालमार्फत गोली चलाएका थिए। प्रहरीका अनुसार पछि बन्दुकधारीले आफ्नो जीवन लिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)